चिनियाँमन्त्रीले भने, ‘चीन र नेपालको सम्बन्ध नयाँ उचाइमा पुगेको छ’
काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री शेरधन राई र चीनका छापा, प्रकाशन, रेडियो चलचित्र तथा टेलिभिजनका राज्य प्रशासनमन्त्री छाई फु छाओबीच आज भेटवार्ता भयो ।
मन्त्री राईको कार्यकक्ष सञ्चार मन्त्रालयमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो । दुई मन्त्रीबीच भएको भेटवार्ताका क्रममा सूचना तथा सञ्चारमन्त्री राईले दुई देशबीच सम्बन्ध प्राचीन र ऐतिहासिक भएको बताउँदै त्यसलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
उनले नेपाल भिक्षु, एवम् विद्वान् बुद्धचार्य, राजकुमारी भृकुटी, स्रङचङ गम्पो अरनिको, चिनियाँ भिक्षु एवम् विद्वान फा सियन, भिक्षु स्वाङ्स्याङको भ्रमण र सम्बन्धले दुई देशबीचको प्राचीन सम्बन्धलाई पुष्टि गरेको बताए ।
दुई देशबीचको औपचारिक सम्बन्धले छ दशक नाघिसकेको उल्लेख गर्दै उनले नेपाल र चीन सम्बन्धको ६० वर्ष गाँठ मनाएको समेत जानकारी गराए ।
उनले चिनियाँको लुम्बिनी भ्रमण र नेपालीको मानसरोवर भ्रमणले दुई देशबीचको पुरानो सांस्कृतिक सम्बन्ध प्रष्ट्याएको उल्लेख गर्दै पछिल्लो समय नेपालबाट चीनमा उच्च शिक्षा अध्ययनका लागि जाने र चीनबाट पनि आउने क्रम बढेकाले दुई जनताबीचको सम्बन्ध पनि जनस्तरमा प्रगाढ हुँदै गएको बताए ।
मन्त्री राईले गत वर्ष वैशाख १२ गते भएको भूकम्पले निम्त्याएको विपत्तिका बेला चीन सरकारले गरेको सहयोगको सराहना गर्दै चीनले पुनःनिर्माणका लागि गरेको व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञतासमेत व्यक्त गरे ।
उनले सात दशकदेखिको नेपाली जनताको चाहना र सपनालाई साकार पार्दै जारी गरेको संविधानलाई चीन सरकारले स्वागत गरेकामा धन्यवादसमेत दिए ।
मन्त्री राई संविधान जारी भएपछि बनेको वर्तमान सरकारले संविधान कार्यान्वयन मात्र नभएर नेपाली जनताको शान्ति, स्थिरता, आर्थिक विकास र समृद्धि सुशासनको चाहनालाई मूर्त रुप दिएको बताउँदै संविधानको कार्यान्वयन, राष्ट्रिय पुनःनिर्माण, सङ्घीयता कार्यान्वयनलगायतका राष्ट्रिय अभिभारा र जिम्मेवारी पूरा गर्न लागिपरेकामा जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले गत चैत ७ देखि १३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउँदै भ्रमणका क्रममा भएको सम्झौता, समझदारीहरु छिटो कार्यान्वयन ल्याउन सरकार प्रतिबद्ध रहेको जनाए ।
उनले नेपाल सरकारले चिनियाँ पर्यटकका लागि निःशुल्क भिसा उपलब्ध गराउने निर्णय कार्यान्वयन गरेको जानकारी गराए ।
मन्त्री राईले नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहेको प्रतिबद्धता जनाउँदै नेपालमा चीन विरोधी गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले दुई देशका मिडियाले दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउन, सामाजिक, आर्थिक उन्नति गर्नका लागि सिर्जनात्मक भूमिका खेल्ने र जनस्तरमै सम्बन्ध बढाउने भएको हुँदा नेपाल र चीनमा रहेका सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमले अनुभव आदानप्रदान कार्यक्रमले दुवै देशलाई फाइदा पुग्ने विश्वास लिए ।
मन्त्री राईले नेपालले चीनसँग अप्टिकल फाइवर जडान गरी ब्यान्डविथ खरिद गर्न प्रक्रियामा रहेकाले सहयोग गर्न चीनसँग आग्रह गरे ।
उनले चीनले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा गरेको प्रगति र विकास, त्यसको प्रयोग र हासिल गरेको अनुभव अभ्यासहरु नेपालका लागि लाभदायक भएको बताए ।
भेटवार्तामा चिनियाँमन्त्री छाओले चीन र नेपालको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।
उनले दुई देशबीचको मिडियाको सम्बन्धले झनै सहयोगलाई परिमाणमुखी बनाउन सकिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण