कांग्रेसको संशोधन अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पारित
काठमाडौँ - व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा चार दिनसम्म छलफल भएको थियो ।
छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको उक्त प्रस्तावलाई ध्वनिमतका आधारमा बहुमतले अनुमोदन गरेको हो ।
नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका उक्त प्रस्तावमा भनिएको छ– “राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनलाई वैशाख २६ गते आइतबारका दिन गर्नुभएको सम्बोधनको लागि व्यवस्थापिका–संसद्को यो बैठक राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ ।”
यसअघि सो प्रस्तावमाथिका संशोधन कर्ता काँग्रेसका सांसद रमेश लेखकको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनले बहुमतले अस्वीकृत गरेको थियो ।
त्यस्तै धन्यवादको प्रस्तावमाथि सांसदहरु नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापामगरले राख्नुभएको संशोधन प्रस्ताव समेत सभाको बहुमतले अस्वीकृत गर्यो । खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका सांसद रामकुमार राईको प्रस्ताव समेत बैठकले अस्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण