डोटीका बोर्डिङ सञ्चालक शुल्क निर्धारण मापदण्ड निर्देशिकाको बिपक्षमा
शुक्रबार, ३१ वैशाख २०७३, १६ : ४८
डोटी-नेपाल सरकारले जारी गरेको संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका खारेज तथा शंसोधनको माग गर्दै डोटी जिल्लाका बोर्डिङ सञ्चालकले जिल्ला शिक्षा कार्यालय डोटी मार्फत शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाएका छन ।
बोर्डिङका सञ्चालकले नेपाल सरकारले जारी गरेको नयाँ संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकामा बिद्यार्थीको शुल्क तोक्दा दुई तिहाई अबिभावकको सहमतीमा तोक्नु पर्ने , अडिटर नियुक्त गर्दा जिल्ला शिक्षा कार्यालयले नियुक्त गरेको लेखापरिक्षकबाट लेखापरिक्षण गराउन पर्ने बुंदा खारेज गरिनु पर्ने माग गरेका छन ।
प्याब्सन डोटीका अध्यक्ष मोहन बम र एन प्याब्सन डोटीका अध्यक्ष भोज कठायतले संयुक्तरुपमा निमित्त जिल्ला शिक्षा अधिकारी गोपालदत्त जोशीलाई आज जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन ।
सरकारको ऐन कानुन आफैमा बाँझिएको प्याब्सन डोटीका अध्यक्ष मोहन बमले बताए । बोर्डिङ स्कुल दर्ता हुँदा कम्पनी ऐन अन्तरगत दर्ता हुने, तर सरकारले शिक्षा ऐन अन्तरगत काम गराउन खोज्दा आफैमा बाँझिने गरेको बमको तर्क रहेको छ । निर्देशिका नसच्चिए बोर्डिङहरुले कडा आन्दोलन थाल्ने एन प्याव्सन डोटीका अध्यक्ष भोज कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण