बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पोखराका प्राकृतिक सम्पदा संरक्षण गर्न जोड

शुक्रबार, ३१ वैशाख २०७३, १६ : ५८
शुक्रबार, ३१ वैशाख २०७३
पोखरा–पोखरामा रहेका प्राकृतिक सम्पदा संरक्षण गरिनु पर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पोखरा मिडिया क्लवद्धारा शुक्रवार पोखरामा आयोजित सम्पदा, सरोकार र संञ्चार विषयक छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले पोखराका ताल तलैया अतिक्रमण, फिकेखोला अतिक्रमण सँगै सार्वजनिक जग्गा अतिक्रमण वढेकोले त्यसको संरक्षणको लागि सवै सरोकारवाला निकाय एक हुनु पर्ने वताए । उनीहरुले पोखरा दिन प्रतिदिन अतिक्रमणको चपेटामा पर्दा समेत संवन्धित निकाय निकम्वा वनेको आरोप लगाए । जति नै भने पनि सरोकारवाला निकायले गुनासालाई पछ्याउन नसक्दा जिल्लामा अतिक्रमणकारी हावी भएको उनीहरुले वताए । उनीहरुले पोखराको फेवाताल देखाएर व्यापार गर्नेहरुले नै फेवाताल संरक्षणमा ध्यान नदिएको वताए । फेवाताल वेचेर आम्दानी गर्नेले फेवातालमा ढल मिसाउन रोक्नु पर्दछ अनि वल्ल प्राकृतिक सम्पदा जोगिने उनीहरुको भनाई छ । पोखराको अतिक्रमण रोक्न पहल गरे जस्तो गर्ने र रातारात चलखेल भएपछि फेरी अतिक्रमणकारीलाई काम गर्न दिने प्रशासनिक निकायको रवैया नै गलत भएको सहभागीहरुले आरोप लगाएका छन् । कार्यक्रममा वोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीले प्राकृतिक सम्पदा अतिक्रमण गर्नेलाई सामाजिक रुपमा नै वहिस्कार गर्नु पर्ने वताए । उनले प्राकृतिक सम्पदामाथि कुदृष्टि लगाउनेका विरुद्धमा अव प्रशासन विशेष सचेत भएर लाग्ने धारणा व्यक्त गरे । पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले पोखरामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने गिरोह नै सक्रीय भएको वताए । उनले नगरपालिकामा कार्यकारी अधिकृत नभएको अवसर पारी पोखरामा अतिक्रमण गर्ने गिरोह सक्रीय रहेको दावी गरे । जिल्ला वनअधिकृत प्रभात सापकोटाले कास्कीमा ७० हेक्टर सार्वजनिक वन अतिक्रमण भएको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप