कर्मचारीको तलब बढाउन माग गर्दै अर्थमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र
शुक्रबार, ३१ वैशाख २०७३, १७ : ०३
काठमाडौं- नेपाल राष्ट्रिय कर्मचारी संगठनले निजामती कर्मचारीहरुको तलब वृद्धि गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई ११ बुँदे ज्ञापनपत्र बुझाउँदै संगठनले आगामी आर्थिक वर्ष २०७३–०७४ को बजेटमा कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्म समान रुपमा तलव वृद्धि लगायतका माग राखेको हो ।
कर्मचारी संगठनका अध्यक्ष हरिश रावलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेललाई कार्यकक्षमै भेटि ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले बजेटमा कर्मचारी पारिश्रमिक वुद्धि गरिने आश्वासन दिएको संगठनका प्रवक्ता अम्वादत्त भट्टले जानकारी दिनुभयो ।
देशमा भएको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य वस्तुमा कलोबजारी, मृल्यवृद्धि भएको र मंहगी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने र सबै श्रेणीका कर्मचारीको तलब एकमुष्ट १० हजार बढाउनुपर्ने संगठनको माग छ ।
यसैगरी निजामती कर्मचारी र तिनका आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने, निजामती कर्मचारीहरुको १८० दिनभन्दा बढी संचित घरविदाको रकम वर्षको अन्त्यमा भुक्तानी दिने व्यवस्था गरिनुपर्ने, हालको ग्रेड रकमलाई बढाएर एकदिनको तलब बराबर एक ग्रेड दिने व्यवस्था गरिनुपर्ने, महिला कर्मचारीहरुलाई प्रसुति विदा बराबरको प्रसुति खर्च उपलब्ध गर्ने व्यवस्था गरिनुपर्ने, कर्मचारीलाई परिवहन भत्ता र घरभाडा वाफतको रकम दिनुपर्ने, कर्मचारीका छोराछोरीलाई शिक्षामा छात्रवृति दिनुपर्ने, हिमाली जिल्लामा काम गर्दै आएका कर्मचारीको भत्ता शत प्रतिशत वृद्धि गरिनुपर्ने, निजामती क्षेत्रमा कार्यरत करा, अस्थाई र ज्यालादारी कर्मचारीहरुलाई पोशाक भत्ता, चाडपर्व खर्च र महंगीभत्तता निजामती कर्मचारीले पाएसरह पाउने व्यवस्था गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण