बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तस्वीरमा यस्तो देखियो प्रचण्ड–वैद्य मिलन !

शुक्रबार, ३१ वैशाख २०७३, १७ : ३३
शुक्रबार, ३१ वैशाख २०७३
काठमाडौं–पाँच माओवादी पार्टीहरुले शुक्रवार राजधानीमा संयुक्त कार्यक्रम गरे । माओवादीहरुवीच एकताको बहस भैरहेका बेला उनीहरुले पाँच पार्टीकै तर्फबाट यस्तो कार्यक्रम आयोजना गरेका थिए । राष्ट्रिय सभागृहमा भएको ‘शान्ति प्रक्रिया र द्धन्द्धकालीन मुद्धा’ विषयक अन्तक्रिया कार्यक्रममा प्रचण्ड, मोहन वैद्य, मात्रिका यादव, मणि थापा लगायतका नेताहरु सहभागी थिए । यो कार्यक्रममा डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लप भने सहभागी भएनन् । प्रचण्ड र वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीको रामबहादुर थापावीच एकीकरण प्रक्रिया अगाडि बढेको छ । यो एकता प्रक्रियामा वैद्य भने छुटने भएका छन् । एकता प्रक्रियामा मात्रिका यादव र मणि थापा भने सहभागी हुँदैछन् । तर, शुक्रवार राजधानीमा भएको कार्यक्रममा प्रचण्ड र वैद्यको गजवको मिलन देखियो । मंचमा उनीहरुले अरु नेताको भाषण सुन्दै कुराकानी गरिरहेका दृष्य देखिएको थियो । तीन घण्टा लामो कार्यक्रममा उनीहरु एकै ठाँउ बसे । कार्यक्रम स्थल पुगेका रातोपाटीका फोटो पत्रकार अशोक दुलालले लिएका प्रचण्ड–वैद्य मिलनका तस्वीर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप