बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चौध नेपालीसहित २७ जना आरोही सगरमाथाको चुचुरामा

शुक्रबार, ३१ वैशाख २०७३, १७ : ४२
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौँ - चौध नेपालीसहित २७ जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् ।

मध्याह्नसम्म १४ विदेशी र १३ नेपालीले सगरमाथा आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि बिहिबार तीन नेपाली र तीन विदेशी तथा बुधबार नौ शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

यसरी तीन दिनमा २७ आरोहीले सगरमाथा आरोहण गरेका छन् । अहिले धेरै आरोही समूह क्याम्प चार नजिक पुगेको र शनिबारसम्म धेरै सङ्ख्यामा सगरमाथाको चुुचुरामा पुग्ने विभागले जनाएको छ ।

पर्वतारोहण शाखाको तथ्याङ्कानुसार वसन्त ऋतुको यस मौसममा सगरमाथा सहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोली गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप