बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तनहुँमा गाडीको ठक्करले पाँच वर्षीय बालकको मृत्यु

शुक्रबार, ३१ वैशाख २०७३, ०६ : ४२
शुक्रबार, ३१ वैशाख २०७३

गोरखा - तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको गाडीले ठक्कर दिँदा गोरखा नगरपालिका–९ वीरेञ्चोकका पाँच वर्षीय सुदीप विकको घटनास्थलमै मृत्यु भएको छ ।

सदरमुकामको द वल्र्ड क्यापिटल उमाविमा पढेर घर फर्कँदै गर्दा वीरेञ्चोकस्थित सडकमा ग१च ८०८६ नंको बोलेरो जिपले आज दिउँसो उनलाई ठक्कर दिएको थियो ।

बालकलाई ठक्कर दिएर भागेका जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालकका आफन्तले केहीबेर गोरखा–आँबुखैरेनी सडक अवरुद्ध गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप