व्यवहारीक समस्याका कारण प्रहरीको सेवा प्रभावकारी हुन सकेन : शर्मा
राजविराज - अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिर्देशक विज्ञानराज शर्माले व्यवहारीक समस्याका कारण प्रहरीको सेवा प्रभावकारी हुन नसकेको भन्दै जसको जिम्मेवार पक्ष प्रहरी मात्र नभएर यो समाज पनि उतिकै रहेको बताएका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार ‘अपराध नियन्त्रण र अुसन्धानसँग सम्वन्धित अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिर्देशक शर्माले यस्तो बताएका हुन् ।
वर्तमान समाजमा घटिरहेको विभिन्न घटनाहरुमा कानूनी प्रकृयाभन्दा पनि समाजका व्यक्तिहरु व्यवहारीक कुराहरु तर्फ बढि जान्छन् । उनले भने–‘जसका कारण अपराधिहरु अपराध अनुकुलको सजाई पाइरहेका छैन् ।’
समाजबाट अपराधका घटनाहरु पूर्णरुपमा उन्मुलक गर्ने हो भने व्यवहारिक कुराभन्दा पनि कानूनी प्रकृयामा जानुपर्छ । उनले भने–‘त्यसका लागि समाजका व्यक्तिहरुलाई प्रहरीको सहयोग गर्न आवश्यक छ ।’
उनले प्रहरीको एकल प्रयासले अपराधका घटनाहरु न्यूनिकरण हुन नक्ने वताउदै त्यसका लागि समाज पनि सकृय हुनुपर्ने जरुरी रहेको बताए ।
उनले अपराधका घटनाहरु विशेष गरेर रक्सी खाएका व्यक्तिहरु गर्ने गरेको बताउदै समाजबाट रक्सीको उन्मुलन गर्न सक्यो भने अपराधका घटनाहरुमा स्वतः कमी आउने बताएका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिर्देशक केशरीराज घिमिरेले अपराधका घटनाहरु न्यूनिकरण गर्न परिवारदेखि समूदायले आवश्यक पहल गरदिएमा छिटै न्यूनिकरण हुने बताएका छन् ।
अपराधका घटनाहरु व्यक्तिबाट हुने गरेकोले न्यूनिकरण गर्न परिवारको पहिलो दायित्व हो । उनले भने ‘परिवारले सकेन भने समाजको पहलले त्यस्ता घटनाहरु न्यूनिकरण आवश्य पनि हुन्छ ।’
अञ्चल प्रहरी कार्यालय राजविराजले आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघ शाखा सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देव, नागरिक संजालका संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली, समाजसेवि सुर्यनारायण यादव, मधेशी पत्रकार समाजका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव, मानवअधिकारकर्मी आभासेतु सिंह, वौद्धिक समाजका अध्यक्ष जगदीश प्रसाद आर्याल लगायतले समाजमा देखिएको अपराधिक घटना, प्रहरीको दायित्व बोध गराएका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण