एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
काठमाडौं –कम्पनी एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकाय अन्र्तगत स्नातक तहमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरेको हो । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले शुक्रबार एक समारोहका बीच १२ वटा शिर्षक अन्तर्गत यी तीन संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका छन् । साथै उक्त समारोहमा उनले ४ वटा विधा अन्तर्गत ४ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान पनि प्रदान गरेका छन् । प्राविधिक शिक्षालाई प्रोत्साहन र देशमा दक्ष जनशक्तिको विकासमा योगदान पु¥याउने उद्देश्य अनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । “शिक्षा क्षेत्र साामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्नका लागि सधै हाम्रो उच्च प्राथमिकतामा रहेको छ । छात्रवृतिले सृजनशील र लगनशिल विद्यार्थीहरुलाई शिक्षाका लागि आर्थिक व्यवस्थापनको चिन्ताबाट टाढा राखि पढाईमा बढी ध्यान दिन मद्दत गर्छ,” पर्किन्स्ले भने । “यस्ता प्रोत्साहनले विद्यार्थीलाई सृजनशिल रहन र ईनोभेसनमा योगदान दिई पढाईमा उत्कृष्टताका लागि प्रोत्साहन गर्छ ।” “एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोबल र उत्साहका साथ व्यवसायिक करिअर शुरु गर्न हौस्याउने उद्देश्य लिएको छ । यसले विद्यार्थी तथा क्याम्पसलाई सृजनशिल रहन र ईनोभेसनमा योगदान दिने विश्वास लिएका छौं,” पर्किन्स्ले भने । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो । छात्रवृत्ति अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका प्रथम, द्घतीय र तृतीय वर्षमा गत शैक्षिक वर्षको वार्षिक नतिजाको आधारमा १÷१ जना गरी ९ जना उत्कृष्ट विद्यार्थीलाइ प्रदान गरिएको हो । त्यसै गरी यी तीनै संकाय अन्र्तगत प्रथम, द्घितीय र तृतीय बर्षमा उत्कृष्ट नतिजा ल्याउने ३ छात्राले यो छात्रवृत्ति पाएका छन् । उत्कृष्टता पुरस्कार अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना गरी ३ जना र यी तीनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्रा गरी ४ जनाले यो पुरस्कार पाएका छन् । “छात्राहरुलाई प्रोत्साहन गर्नको लागि छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा अलग्गै विधा राखिएको हो,” पर्किन्स्ले भने । एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तह सम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ । यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस् भन्ने हेतुले १५ वटा विद्यालयहरुमा ई—पुस्तकालय र ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानी निर्माण, विद्यालय व्यवस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ । जसबाट पच्चिस हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण