बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उप–राष्ट्रपतिलाई चीन भ्रमणको निम्तो

शुक्रबार, ३१ वैशाख २०७३, १८ : ३३
शुक्रबार, ३१ वैशाख २०७३

काठमाडौं–उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ सँग नेपाल भ्रमणमा रहेको चीनको युनान प्रान्त जनकंग्रेसका स्थायी समिति उपप्रमुख चाङ पायरु नेतृत्वको प्रतिनिधि मण्डलले भेटघाट गरी चीन भ्रमणको निम्तो दिएका छन् ।

शुक्रबार अपरान्ह उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेट गरी उपप्रमुख पायरु नेतृत्वको सात सदस्यीय प्रतिनिधि मण्डलले निम्तो दिएको हुन् ।

१२–१७ जुन २०१६ मा युनान प्रान्तको कुन्मिङ शहरमा हुने ‘चौथो चीन–दक्षिण एसिया व्यापार मेला तथा २४ औं चीन कुन्मिङ आयात निर्यात व्यापार मेला’को उद्घाटन समारोह तथाविशिष्ट अतिथिको रुपमा सहभागि भइदिनुहुन भन्दै पायरुनेतृत्वको प्रतिनिधि मण्डल नेपाल आएका हुन् ।

भेटमा उपराष्ट्रपति पुनले कार्यालयमै आएर ‘चौथो चीन–दक्षिण एशिया व्यापार मेला’मा आमन्त्रण गरेकोमा उपप्रमुख पायरु नेतृत्वको टोली र आयोजकलाई धन्यवाद दिए । साथै पुनले आमन्त्रण स्वीकार गर्दै आफू उक्त कार्यक्रममा सहभागी हुन सकारात्मक रहेको जवाफ दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप