मन्डेलाबारे नयाँ खुलासा : सिआइएले पक्राएको थियो
मङ्गलबार, ०४ जेठ २०७३, ०६ : ३५
एजेन्सी–एक रिपोर्टअनुसार अमेरिकी जासुसी एजेन्सी सिआइउका एक पूर्वएजेन्टले उनको सूचनाको आधारमा दक्षिण अफ्रिकाको प्रहरीले नेल्सन मन्डेलालाई पक्राउ गरेको बताएका छन् ।
रंगभेदविरुद्व लडेका दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपतिलाई सन् १९६२ मा गिरफ्तार गरिएको थियो ।
यसअघि यो गिरफ्तारीबारे विभिन्न अड्कलबाजी गरिएका थिए । मन्डेलाले आफ्नो आत्मकथा ‘लङ वाक टु फ्रिडम’ मा पनि आफू कसरी पक्राउ परे भन्ने थाहा नभएको लेखेका छन् ।
भाडाको गाडी चलाएर कतै गइरहेको बेला मन्डेलालाई पूर्वी सहर डरबानमा प्रहरीले चेकिङमा रोकेर पक्राउ गरेको थियो ।
सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति भएका मन्डेला सन् २००८ सम्म पनि अमेरिकी आतंकवादी सूचीमा थिए ।
सन् १९६२ मा पक्राउ गरेपछि रंगभेद समर्थक सरकारविरुद्व आवाज उठाएका मन्डेलाले २७ वर्ष जेलमा बिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण