औद्योगिक करिडोरमा चन्दा आतङ्क
इटहरी – सुनसरी–मोरङ औद्योगिक करिडोरमा पछिल्लो समय फेरि विभिन्न पार्टीको नाममा चन्दा आतङ्क बढ्न थालेको छ । बन्द हड्ताल र लोडसेडिङको प्रत्यक्ष मारमा परेका व्यवसायीहरु फेरि पार्टीको नाममा माग्न थालिएको चन्दाका कारण त्रसित बनेका छन् ।
कोरिडोरमा विद्यार्थी संगठनको सम्मेलन होस् या युवा संगठनको कार्यक्रम, चन्दा माग गर्न पुग्ने गरेका छन् । यसरी चन्दा माग्न ठूला पार्टीका विद्यार्थी संगठन मात्रै होइन साना र नामै नसुनिएकाहरु समेत चन्दा माग्न पुग्ने गरेका छन् । पछिल्लो एक महिना यता मोहन वैद्य नेतृत्वको माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको चन्दा आतङ्क शुरु भएको छ ।
चन्दा माग्न खनारकै स्थानीय नेता तथा कार्यकर्ताहरु स्थानीय उद्योगहरुमा पुग्ने गरेका छन् । चन्दा माग गर्न जानेहरुले जनयुद्धका घाइते र अपाङ्ग र बेपत्ता परिवारलाई सहयोग गर्नुपर्ने दबाव दिने गरेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
एक उद्योग व्यवस्थापकले भने, ‘ दिउँ भने कसरी दिउँ नदिउ भने हाम्रो सुरक्षा कस्ले गर्छ ?’ विप्लव नेतृत्वको माओवादीको केन्द्रीय कमिटीले आफूहरुले चन्दा उठाउने कुनै निर्णय नै नगरेको जनाएको छ । तर स्थानीयस्तरबाट पार्टीका कार्यकर्ताहरु आफूखुशी चन्दा संकलनमा लागेका छन् ।
त्यस्तै करिडोरका उद्योगहरुमा सम्बन्ध बिस्तारका लागि मात्र भेटौं भन्दै पार्टीका स्थानीय एवम जिल्लाका कार्यकर्ताहरुले उद्योगीहरुलाई बारम्बार फोन गरेर हैरान पार्ने गरेका छन् । ‘चिनजानका लागि आउँछौं भन्छन्, भेट ग¥यो सहयोग गर्नुपर्छ भन्छन् । लगातारका बन्द हड्ताल र नाकाबन्दीले थिलथिलो भएको अवस्थामा हामी कसरी चन्दा दिन सक्छौ ?’, अर्का उद्योगीले भने,‘कुनै अवसर भए दुई चार हजार सहयोग गर्नु बेग्लै कुरा हो जबरजस्ती माग चन्दा माग गरेर दवाव दिएपछि हामी उद्योग चलाउन नसक्ने अबस्थामा पुगेका छौं ।’
यसैबीच विप्लव माओवादीका स्थानीय कार्यकर्ता मोहन कार्कीले पार्टीको बचाउ गर्दै आफूहरुले कसैसँग चन्दा नमागेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण