अस्पतालमा अपथाल्मिक साइन्सको पढाइ हुने
दाङ– राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आउँदो वर्षदेखि नेत्ररोग सम्बन्धी अप्थाल्मिक साइन्स अर्थात् नेत्र सहायकको पढाइ सुरु हुने भएको छ ।
शैक्षिक सत्र २०७३/७४ मा ४० जनाको सङ्ख्यामा अप्थाल्मिक साइन्सको पढाइ गर्ने तयारी गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए । राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत अस्पताललाई आई इन्स्टिच्युटका रुपमा विकास गर्न लागेको अस्पतालले जनाएको छ । पहिलो वर्ष बेसिक साइन्सको पढाइ दाङको लालमटियामा रहेको प्राविधिक शिक्षालयबाट दिने र तालिम भने अस्पतालमा गराउने अस्पतालले जनाएको छ ।
राप्ती आँखा अस्पताल, रक्षाचौर, लमही आँखा अस्पताल, छन्द कालेबाबु–नारायणी आँखा अस्पतालबाट सेवा प्रवाह गरिरहेको अस्पतालले राप्ती आँखा अस्पतालमा टे«निङ सेन्टर सञ्चालनका लागि सबै प्रक्रिया पूरा गरी सिटिइभिटीबाट स्वीकृति प्राप्त गरेको अस्पतालले जनाएको छ । पढाइ सञ्चालन गर्नका लागि अस्पतालले विगत तीन वर्षदेखि प्रक्रिया अगाडि बढाएता पनि आउँदो आवदेखि मात्र पढाइ सञ्चालन हुने भएको छ । यसभन्दा अघि राप्ती अञ्चलभित्र कुनै पनि अध्ययन केन्द्र नभएको भन्दै राप्तीमै पहिलो पटक पढाइ सुरु हुन लागेको अस्पतालले दाबी गरेको छ ।
यसअघि राप्तीमा यस्तो कोर्षको पढाइ कुनै पनि जिल्लामा नभएकै कारण विद्यार्थी जिल्लाबाहिर चितवन, भैरहवा, काठमाडौँ, नेपालगन्ज लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो भने अबदेखि उक्त कोर्ष अध्ययनका लागि जिल्लाभित्र पढाइ सञ्चालन भएपछि बाहिर जान नपर्ने उनले बताए । एसएलसी पास गरेका विद्यार्थीले उक्त कोर्ष लिएर पढ्न पाउने भन्दै उनले एसएलसीको नतिजा प्रकाशन भएसँगै दर्खास्त आह्वान गरेर राप्ती प्राविधिक शिक्षा लालमटियासँग समन्वय गरी पढाइ सुरु गरिने बताएका छन् ।
उनका अनुसार जिल्लामा आँखा विशेषज्ञसम्बन्धी दक्ष जनशक्तिको अभाव र अस्पतालमा पनि आर्थिक समस्या भएकाले यो पढाइ सञ्चालन गरेपछि दक्ष जनशक्ति उत्पादन गर्न सकिने र अस्पताललाइ पनि आर्थिक टेवा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण