विश्वकै खतरनाक क्षेत्रमा खटिने यी हुन् १० वर्षीया पत्रकार
जेरुसेलम – १० वर्षका बालबालिका प्राय खेल्नमै व्यस्त हुन्छन् । उनीहरु विद्यालयमा आफ्नो बाल्यकालको रमाइलो लिदैँ हुन्छन् । तर प्यालेस्टाइनका जन्ना जिहादले १० वर्षकै उमेरबाट जीवनलाई जोखिममा धकेलेकी छिन् ।
प्यालेस्टाइनको सानो गाउँ नवि सलेहकी जन्ना सानै उमेरबाट यहाँ हुने द्वन्द्वसँग जानकार थिइन् । उनी आमा नवालका अनुसार जन्नाकी एक साथीको गोली प्रहारबाट निधन भएको थियो । इजरायली सैनिकले यसरी साथीको ज्यान लिएपछि जन्ना लामो समय मानसिक रुपमा ग्रसित भइन् ।
‘साथी जन्नाभन्दा केही बढी उमेरका थिए । तर जन्नासँग धेरै मिल्थे र जन्नाले पनि उनलाई माया गर्थिन् । एक दिन उनको हत्या भयो । त्यसपछि उनी शोकमा डुबिन् ।’– आमा नवालले थपिन् –‘अन्य दुई आफन्त तथा भाई मुस्तफा तामिमीको निधनपछि उनी थप शोक थिइन् । त्यसपछि नै शोकलाई शक्तीमा बदल्दै जन्नाले अन्यायमा परेका गाउँलेको विषयमा लेख्न थालिन् ।’
७ वर्षको उमेरमै जन्नाले पत्रकारिता थालिन् । उनले आमाको मोबाइलबाट विरोधहरुका तस्विर खिच्थिन् र इजरायल आर्मीले स्थानिय शान्ति अभियन्ताहरुमाथि गरेको दमनलाई आईफोनमा कैद गर्थिन् । उनले यसरी नै विरोध प्रदर्शनका थुप्रै भिडियो आइफोनमा कैद गरिन् । त्यसपछि त्यसलाई उनले फेसबुक, यूटयूब लगायतका सामाजिक सञ्जालमा अपलोड गर्थिन् । ‘ म चाहन्थे कि हामी आतंककारी होइनौ र इजरायली आर्मीले हामीमाथि दमन गरेका छन् भन्ने कुरा विश्वले जानोस् ।’– अरब साप्ताहिकसँगको कुराकानीमा जन्नाले भनेकी छिन् । अहिले उनको फेसबुक पेजमा ८० हजार लाइक छ ।
जन्नाकी आमा उनको कामबाट गर्वित छिन् । तर उनको सुरक्षाको विषयलाई लिएर उत्तिकै चिन्तित पनि छिन् । इन्टरनेटमा सन् २०१४ बाट उनको चर्चा हुन थालेपछि उनलाई बिस्तारै विश्वकै युवा एम्योच्योर पत्रकारका रुपमा चिनिन थालियो । उनले आफ्नी आमासँग जेरुसलम, हेबरोन, नाब्लुज, जोर्डन लगायतका ठाउँ घुम्दै त्यसको भिडियो अनलाईनमा पोस्ट गर्ने गरेकी छिन् ।
जन्नाको लक्ष्य अमेरिकाको हावार्ड विश्वविद्यालयमा पत्रकारिता पढ्ने र भविष्यमा सिएनएन वा फक्स न्यूजमा काम गर्नेछ । ‘उनीहरु प्यालेस्टाइनका विषयमा देखाउँदैनन् । त्यसैले म यी च्यानलहरुमा प्यालेस्टाइनको रिर्पोटिङ गर्न चाहन्छु ।’– जन्नाले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण