प्रजातन्त्र सेनानीको निधनमा काँग्रेसको समवेदना
काठमाडौँ- नेपाली काँग्रेसले दुईजना प्रजातन्त्र सेनानीको निधनप्रति दुःख व्यक्त गरेको छ । चितवन निवासी प्रजातन्त्र सेनानीद्वय ८७ वर्षीय उमाभद्र खनाल र ८५ वर्षीय खेलानाथ पौडेलको निधनमा काँग्रेसले दुःख व्यक्त गरेको हो ।
खनाल नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम्का पनि सक्रिय योद्धा हुनुहुन्थ्यो । उहाँले २००६ साल पुस ६ गतेको हलो क्रान्ति र विसं २००७ को प्रजातन्त्र स्थापनाको आन्दोलनमा पनि सक्रिय भूमिका खेल्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको शोक वक्तव्यमा उल्लेख छ । खनालले पटक–पटक गरी तीन वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
अर्का दिवङ्गत प्रजातन्त्र सेनानी पौडेल २००७ सालको क्रान्तिमा सहभागी हुनुभएको काँग्रेसले जनाएको छ । उहाँका श्रीमती, तीन छोरा र तीन छोरी हुनुहुन्छ । खनालको जेठ १६ गते र पौडेलको जेठ १७ गते निधन भएको मुख्यसचिव पौडेलले बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण