बाबुरामको नयाँ शक्ति पार्टी घोषणा सभामा क–कसलाई छ निम्ता ?
काठमाडौं– नयाँशक्ति नेपालको जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा हुने पार्टी घोषणा कार्यक्रममा देश तथा विदेशबाट नयाँशक्तिका संस्थापक र अतिथिहरु सहभागी हुने जनाएको छ
नयाँशक्ति नेपालका प्रवक्ता एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले पार्टी घोषणामा देश तथा विदेशका संस्थापकहरु सहभागी हुने जानकारी दिए ।
देवकोटाका अनुसार पार्टी स्थापना तथा घोषणासभामा नयाँशक्तिले विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाएको छ । त्यसैगरी देशका सबै राजनीतिक पार्टीका प्रमुख नेता र सांसदलाई समेत निम्ता गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपाली काँग्रेस, नेकपा एमाले,माओवादी केन्द्र, राप्रपासहित सबै मधेसी दललाई निम्ता पठाईसकिएको नयाँ शक्तिले जनाएको छ । यसैगरी पत्रकार, मानव अधिकारवादी, नागरिक समाजलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई पनि निम्तागरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । नयाँ शक्तिको पार्टी घोषणा दशरथ रंगशालाबाट हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण