विप्लव माओवादीले तीनकुनेमा ट्याक्सी जलायो
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीको तिनकुनेमा एउटा ट्याक्सी जलाएको छ । आज गरिएको बन्दको अवज्ञा गरेको भन्दै माओवादीका कार्यकर्ताहरुले बिहानै बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् । कोटेश्वरबाट कलंकीतर्फ जाँदै जाँदै गरेको ट्याक्सीलाई विप्लवका कार्यकर्ताहरुले यात्रु बनेर ‘कलंकी जानु छ ’ भन्दै तिनकुनेमा रोकेका थिए । लगत्तै ट्याक्सीभित्र पसेर पेट्रोल छर्किँदै उनीहरु भागेका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्सपेक्टर माधव जोशीले उनीहरुले ट्याक्सी चालक मकवानपुरका सुवास परियारलाई बाहिर समेत निस्कन नदिई आगजनी गरेर भागेका थिए । यसैबीच राजधानीका कालीमाटीबाट विप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण