विद्युत् पुगेपछि धापुङवासी दङ्ग
बिहीबार, २७ जेठ २०७३, १० : ५०
म्याग्दी– म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् ।
विद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् । त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दियालो प्रयोग गर्दै आएका थिए ।
रु ३५ लाख ३६ हजार लागतमा सम्पन्न विद्युतीकरण योजनाबाट बरङ्जा–९ मा पर्ने धापुङ र महेशगाउँका १०१ घरधुरी लाभान्वित भएको हो ।
नेपाल विद्युत् प्राधिकरण र जिविसको दश÷दश लाख, गाविसको सात लाख ५९ हजार र उपभोक्ताको रु आठ लाख आठ हजार लगानीमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर चोचाङ्गीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण