विचौलियाविरुद्ध प्रहरीको कडा कारबाही, पाँच पक्राउ
चितवन– चितवन प्रहरीको एक टोलीले मालपोत कार्यालय चितवनभित्र विचौलिया गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार कार्यालयको भित्र पसेर सर्वसाधारणलाई विचौलिया गरेको अवस्थामा सुजन ओझा, तुलसीराम पोख्रेरल र सागर सापकोटालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसअघि मङ्गलबार पनि दुई जनालाई पक्राउ गरिएको थियो । बुधबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान चितवनका प्रमुख माधव तिमल्सिना र प्रहरी प्रमुख वसन्त कुँवरसहितको टोलीले गरेको अनुगमनको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
हामीले एक महिनायता कारबाही सुरु गरी विभिन्न निकायमा निगरानी राख्ने काम गरिरहेका थियौँ– प्रहरी प्रमुख कुँवरले भन्नुभयो । जनतालाई हैरान पर्ने र जनता लुट्ने गुनासाका आधारमा यो कारबाही जारी रहने उनको भनाइ छ ।
विशेष गरेर सरकारी कार्यालय, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सर्वसाधारणलाई विचौलियाले हैरानीसँगै दुःख दिन थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले विचौलिया कारबाही सुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।
प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाही गरिनेछ । त्यसअघि चितवनको क्यान्सर अस्पतालमा विचौलिया गर्ने, जिल्ला प्रशासन कार्यालयबाट तीन जना र मालपोत कार्यालय चितवनबाट दुई जनालाई चितवन प्रहरी पक्राउ गरी मुद्दा चालाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण