आर्थिक वर्ष सकिन लाग्दा विकास निर्माणले गति लियो
म्याग्दी – आर्थिक वर्ष सकिन लाग्दा म्याग्दीमा विकास निर्माणले गति लिएको छ । सडक स्तरवृद्धी, पुल, भवन, विद्यालय कक्षा कोठा, विद्युतीकरण, खानेपानी, नदी तथा पहिरो नियन्त्रण, सिचाई लगायतका आयोजना निर्माण कार्यले तिब्रता पाएको हो । पहिलो र दोस्रो चौमासीकमा ईन्धन, निर्माण सामाग्रीको अभाव, ढिलासुस्ती लगायतका कारणले पुर्वाधार योजनाको प्रगती सुस्त बनेको थियो । निर्माण ब्वयवसायी र उपभोक्ता समितिहरु असार महिना अगावै योजना सक्ने दौडधुपमा लागेका छन् ।
डोजर, एक्साभेटर जस्ता मेसीनरी उपकरणको प्रयोग हुने योजनाहरु आर्थिक वर्ष सकिनै लाग्दा सुरु भएका छन् । जिविसका सबैजसो योजना सम्झौता भएर कार्यान्वयनको चरणमा रहेको स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताए ।
साढे सात करोड रुपैया लागतका १५३ वटा योजना सञ्चालन गरेको जिविसले एक वटा बाहेक सबै सम्झौता भएको जनाएको छ । आर्थिक वर्षको साढे ११ महिनामा ४० वटा योजना मात्र सम्पन्न भएका छन् ।
यसैगरी एक करोड ३५ लाख रुपैयामा १३५ वटा योजना तथा कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालीकाले पनि योजनाहरु कार्यान्वयनले तिब्रता पाएको जनाएको छ । स्थानीय निकायको लक्षित बजेट मार्फत सञ्चालन हुने तालीम, गोष्ठि, भ्रमण जस्ता कार्यक्रमहरु सहभागिता जनाउन कर्मचारीहरुलाई भ्याई नभ्याई छ ।
स्थानीय निकाय बाहेक खानेपानी तथा सरसफाई सब डिभिजन, भवन डिभिजन, सडक डिभिजन, सिचाई विकास, शिक्षा, कृषि विकास, भुसंरक्षण कार्यालयका योजनाहरु पनि कार्यान्वयनकै चरणमा छन् ।
कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका लेखापाल नारायणप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षमा म्याग्दीमा भित्रीएको ३२ करोड ५२ लाख ७३ हजार ५११ रुपैया विकास बजेट मध्य हालसम्म ६० प्रतिशत भन्दा बढी खर्च भएको छ । बैशाखदेखि बिकास खर्च ह्वात्तै बढेको सुवेदीले बताए ।
रड, सिमेन्ट, पाईप, ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीको उपलब्धता सहज हुन थालेपछि विकास योजनाले गति लिएको हो । आर्थिक वर्षको अन्तमा डोजर प्रयोग गरेर सडक निर्माण गर्ने आश गरेका केही उपभोक्ता समितिहरु भने अहिले डोजर नपाएर अप्ठ्यारोमा परेका छन् ।
डोजरहरु व्यस्त भएकाले समयमै काम गर्न नसक्दा केही योजनाको बजेट फ्रिज हुने सम्भावना पनि बढेको छ । आर्थिक वर्षको अन्तमा बजेट फ्रिज हुन नदिने उद्देश्यले हतार हतार गरिने विकास निर्माण दिगो र प्रभावकारी नहुने तथा बजेटको दुरुपयोग पनि हुने गरेको उपभोक्ता अधिकारकर्मी ठहरबहादुर भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण