उदयपुरको ग्रामिण बजारमा म्याद नाघेका सामाग्री
उदयपुर –उदयपुरका ग्रामिण क्षेत्रका बजारहरुमा म्याद नाघेका उपभोग्य समाग्रीहरुको विक्रि वितरण हुने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले आज गरेको ग्रामिण बजार अनुगमनबाट ठूलो मात्रमा म्याद सकिएका सामाग्रीहरु बरामद गरको हो । रौता गाविसको मुर्कुची बजार र चिलाउने गाविसको सुकौरा बजार अनुगमनको क्रममा चिउरा, विस्कुट, फुरनदाना, सुजी, चिसो पेयपद्धार्थहरु बरामद गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले जानकारी दिए । ग्रामिण क्षेत्रमा बजारहरुमा म्याद नाघेका खाद्य सामाग्रीहरुको विक्रि वितरण गरेको उपभोक्ताहरुको गुनासो आएकाले अनुगमन टोली खटाएको प्रजिअ घिमिरेको भनाई छ । प्रजिअ घिमिरेले भने ‘छड्के चेक जाँचको क्रममा रौता गाविसको मुर्कुची र चिलाउने गाविसको सुकौराको ४० वटा पसलमा अनुगमन गर्दा १२ वटा पसलहरुमा म्याद नाघेका साम्राग्री पाईएको छ ।’ मुर्कुची स्थित पुरुषोतम किराना पसल, शान्ति किराना पसल, श्रीराम किराना पसल, रेखा एण्ड रोहन लगाएत किराना पसलमा कैफियत भेटिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा बरामद म्याद नाघेका खाद्य सामाग्रीहरु प्रक्रिया पुर्याएर नष्ट गरिएको प्रजिअ घिमिरेले बताए । त्यसैगरी मंगलबार गाईघाट बजारका ११ वटा पसल अनुगमन गरिएको जनाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण