ट्रकसँग ठोक्किएपछि बीच सडकमै यसरी जल्यो बस (फोटोफिचर)
सिरहा –पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको कसहा नजिक गागनखोलाको पुलमा बस र ट्रक एक आपसा ठोक्किएपछि बसमा लागेको आगलागीमा परेर एकजनाको ज्यान गएको छ । आगोले शब नराम्ररी डढेकाले मृतकको पहिचान हुन सकेको छैन । काठमाडौंबाट झापातर्फ गइरहेको ना. ५ ख ८५३८ नम्वरको वस र विपरित दिशाबाट आईरहेको ना. २ ख ४२९४ नम्वरको मालवहाक ट्रक एक आवसमा ठोकिंदा करिव दुईदर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको गोलबजारको स्वास्थ्यसंस्थाहरुमा उपचार भईरहेको छ । गम्भिर अवस्थामा रहेका बसका चालक अरविन्द पौडेल, कन्डक्टर विमल विश्वकर्मालगायतको शरीरको विभिन्न भागमा आगो लागेको छ । उनीहरुको थप उपचारकोलागि वाहिर लाने तयारी भईरहेको जनाएको छ । पूल पार गरिरहेको ट्रक र तिब्रगतिमा आएको बस चालकले नियन्त्रणमा लिने क्रममा चिप्लिएर ठोकिन पुगेको चालकले बताएका छन् । बसमा सवार झापाका दुधवहादुर लामाले आफू निधाएको हुदाँ बस ठोकिएपछि एक्कासी आगो लागेकोमात्र देखेको बताए । आगो लागेपछि सामानहरु सवै छाडेर बसबाट उत्रिएर भागेको उनले बताए ।
कन्डक्टर विश्वकर्माले पनि गाडी एक्कासी ठोकिन पूगेपछि आफूहरु ज्यान जोगाएर भागेको बताए । आगलागीका कारण बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
? [caption id="attachment_55952" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55953" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55954" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55955" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55956" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55957" align="alignleft" width="840"] ?[/caption] [caption id="attachment_55958" align="alignleft" width="840"] ?[/caption]खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण