सबारी तोडफोडमा संलग्न विप्लव माओवादीका केन्द्रीय सदस्य पक्राउ
इटहरी –विप्लव समुहको नेकपा माओवादीले गरेको बन्दका कारण पूर्वी नेपालका विभिन्न शहरमा प्रभाव परेको छ । विहानै देखि यातायात ठप्प भएको छ भने सुनसरीको इटहरीमा केही सवारी साधनमा तोडफोड गरिएको छ । पूर्वको मुख्य बजार सुनसरीको धरान, इटहरी, दमक, विर्तामोड लगायतमा बन्दको प्रभाव परेको छ । कालो बजारी, भ्रष्टचार महंगिको विरुद्ध संघर्ष गर्दा पक्राउ परेका बाबुराम राई बिवस लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाईको माग गर्दे नेपाल बन्द आयोजना गरिएको नेकपा माओवादीले जनाएको छ । सडकमा जम्मा भएका बन्दकर्ताले काठमाण्डौ देखि काकडभिट्टा तर्फ गइरहेको ना ५ ख २७१२ र ना४ ख ७४०६ नम्बरको दुई ओटा बसमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न नेकपा माओवादीका केन्द्रिय सदस्य विक्रम अधिकारी सहित जिल्ला स्तरका अन्य दुई कार्यकर्ता नवराज भट्टराई र नवराज ढुंगाना पक्राउ परेका छन् । सुनसरीको इटहरी, धरान,इनरुवामा विहानै देखि बजार पसल खुल्न सकेका छैैनन् । सडकमा न्यून मात्रामा बन्दकर्ताको उपस्थिति रहेता पनि सम्भावित क्षतिका कारण पसल खोल्न नसकिएको व्यवसायीले बताएका छन् । यता वन्दलाई मध्यनजर गर्दै सुनसरीको सुरक्षा व्यवस्था कडा बनाएको सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोख्रेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण