विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चल्यो
बिहीबार, २७ जेठ २०७३, १२ : १६
रौतहट–रौतहटको धरहरी गाविस स्थित जयकिशान उच्च माविमा भएको बिद्यालय ब्यवस्थापन समितिको निर्वाचनका क्रममा गोली चलेको छ ।
दुईपक्षिय झडपमा गोली प्रहार हुँदा चार जना घाईते भएका छन । झडपमा गम्भीर घाईते धरहरी १ का टँईट पण्डित र शम्भु साहलाई राती नै उपचारको लागि वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।
सामान्य घाईते प्रेमपुर गोनाही २ का चिनिलाल यादव र फागु साह कलवारको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।
कुल मतदान नौसय ९१ मध्ये २१वटा मतदाता नामावलीमा चिन्ह लाग्न छुटेकाले एकपक्षले मतदान बदर हुनुपर्ने माग सहीत अडान गरेपछी तनाव भएको थियो ।
असुरक्षाको कारण मतपेटिकाहरु गौरतर्फ लगिएपछि दुईपक्षिय झडप पछि गोली चलेको रौतहटका प्रहरी प्रमुख एसपी डा.गणेश रेग्मीले बताए ।
समितिको अध्यक्ष पदका लागि हृदय नारायण साह, रामबाबु चौधरी र रामेश्वर साह प्रतिस्पर्धामा छन् । जयकिशान उच्च मावी सदरमुकाम गौरबाट २० कि.मि.उत्तरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण