कोपा अमेरिका : हैटीविरुद्ध ब्राजिलको शक्ति प्रदर्शन
एजेन्सी–हैटीलाई ७–१ ले हराउँदै ब्राजिलले अमेरिकामा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुग्ने संभावना बलियो बनाएको छ । पहिलो खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेको ब्राजिलले हैटीलाई पुरै समय दबाबमा राख्यो ।
ब्राजिलले आक्रामक फुटबल पस्कदै दुई वर्षअघि जर्मनीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलमा देखाउन नसकेको प्रभूत्वलाई फिर्ता गरेको छ । ब्राजिललाई जीत दिलाउने क्रममा फिलिपो काउटिन्हो र ग्राबियल बारबोसाले महत्वपूर्ण भूमिका निभाए ।
ब्राजिलको गोल वर्षा ब्राजिलका लागि फिलिपो काउटिन्होले ह्याट्रिक गरे । उनले खेलको १४,२९ र इन्जुरी समयमा गोल गरे । त्यस्तै रिनाटो अगस्टाले खेलको ३५ औँ र ८६ औँ मिनेटमा गोल गरे । ब्राजिलबाट ग्राबियलले ५९ र लुकास लिमाले ६७ औँ मिनेटमा गोल गरेका थिए । हैटीका लागि एकमात्रै गोल जेम्स मार्सिलिनले खेलको ७० औँ मिनेटमा गरे । खेल अवधिभर हैटीको पोस्टमा ब्राजिलले दर्जनौ आक्रमण गर्यो । विलियमले प्रहार गरेको उत्कृष्ट फ्रिकीक क्रसबारभन्दा माथि ठोक्किएर फर्किएपछि काउटिन्होले गरेको प्रहारलाई हैटीका गोलकिपरले जोगाए । त्यस्तै काउटिन्होले अग्रता दिलाउनुअघि कासिमिरोले गरेको प्रहार पोस्टभन्दा केही परबाट बाहिरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण