उदयपुरमा देखिएको अज्ञात रोग नियन्त्रणमा
उदयपुर– उदयपुरको हर्देनी गाविस वडा नं. २ मसारमा देखा परेको अज्ञात रोग नियन्त्रणमा आएको छ । अज्ञात रोगको कारण ३ जनाको मृत्यु भएपछि जिल्ला र केन्द्रबाट स्वास्थ्यकर्मी परिचालन गरेपछि रोग नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । जिल्लाको विकट पहाडी दलित बस्तिमा घाँटी दुख्ने, पेट फुल्ने अनि अचेत हुने लक्षण देखिएको जनाईएको छ । इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखा टेकु र जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको टोलीले लेखानी गाविसको वडा नं. ३ मा २७ जना र हर्देनी गाविसको वडा नं. २ मा ३६ जना संक्रमित विरामीहरुको उपचार गरेको बरिष्ठ जनस्वास्थ्य अधिकृत रामविलास यादवले जानकारी दिए । जनस्वास्थ्य अधिकृत यादवका अनुसार रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरिक्षक हरी नारायण शाह र नेपाल पब्लिक हेल्थ प्रयोगशाला टेकुका मेडिकल टेक्नोलोजिष्ट उदय यादव सहितको टोलीले रोग प्रभावित क्षेत्रमा नै गएर उपचार गरेका हुन । रोग नियन्त्रणमा आएपनि कुन रोगको कारण मृत्यु भएको भन्ने हाल सम्म खुल्न नसकेको स्वास्थ कार्यालयले जनाएको छ । रोग पत्ता लगाउनको लागि हर्देनी गाविसका १० जना र लेखानीका ५ जना व्यक्तिको नमुना संकलन गरि इपिडिलिमयोजोली तथा रोग नियन्त्रण महाशाखा टेकु पठाईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण