सुनको भाउ आकासियो, तोलाको ४ सय बढ्यो
बिहीबार, २७ जेठ २०७३, १२ : ३८
काठमाडौं–नेपाली बजारमा बिहीवार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ महंगो भएको छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको मुल्य वृद्धिपछि छापावाल सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार ३ सय ५० र चाँदी ८ सय ८० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय मुल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि असर परेको हो । यो साता सोमवारदेखि सम्म सुनको मुल्य स्थिर थियो । तीनदिन सम्म छापावाला सुन प्रति तोला ५५ हजार २ सय, तेजावी ५४ हजार ९ सय ५० र चाँदी ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो । आइतवार भने सुनको मुल्य केही वढी थियो । आइतवार छापावाल सुन प्रतितोला ५५ हजार ३ सय, तेजावी ५५ हजार ५० र चाँदी ७ सय ५५ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण