अराजक बन्यो विप्लव माओवादी, ६७ जना पक्राउ
काठमाडौं– नेकपा माओवादी (बिप्लब) ले आवह्वान गरेको बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने काठमाडौंबाट २८ जना, ललितपुरबाट १४ जना, भक्तपुरबाट ३ जना, कास्कीबाट ८ जना, चितवनबाट १ जना, कालीकोटबाट १० जना र सुनसरीमा ३ जनासमेत गरी ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौको तिनकुने मुनिभैरब नजिक बा.१ ज ८२०६ नम्बरको ट्याक्सीमा कलंकी जान्छु भनी चढेका २ जना अपरिचित व्यक्तिहरुले ट्याक्सी रोकी पेट्रोल छर्केर आगजनी गर्दा ट्याक्सीको भित्रीभाग पूर्णरुपमा जल्नुका साथै सवै सिसा फुटेर क्षति भएको छ भने तार्केश्वर नगरपालिका–२० मनमैजुमा बा.१ ज ८१३० नम्वरको माईक्रोबसमा ढुंगा प्रहार गर्दा अगाडी र साईडको सिसा क्षति भएको प्रहरीले जनाएको छ । बन्दकर्ताले त्रिपुरेश्वरमा बा.३ ख २२२७ नम्बरको साझा बसमा ढुगां प्रहार गर्दा अगाडीको शिशा फुटेर क्षति भएको छ । यसैगरी सुनसरीमा ना.५ ख २७१२ र ना.४ ख ७४०६ नम्बरको रात्री बसमा ढुङगा प्रहार गर्दा बसको साइडको शिसा फुटेर क्षति भएको छ भने चितवनमा ना.५ ख १८२९ ना.५ ख ६२८८ र मे.१ ख २२२२ नम्बरको बसमा ढुंगा प्रहार गर्दा अगाडीको शिशा फुटेर क्षति भएको छ । यस्तै झापा शान्तिनगर–१ स्थित मेची राजमार्गमा ना.३ ख ४६७१ नम्वरको गोलिया बोकेको ट्रकमा हातमा खुकुरी डण्डा बोकेका १५÷१६ जनाको समूहले अगाजनी गर्दा ट्रकको अगाडीको भाग जलेर क्षति भएको छ भने सोही समूहले पोखराबाट इलाम पशुपतिनगरतर्फ पर्यटक बोकी जाँदै गरेको ग.१ प १७२ नम्वरको बसमा ढुंगा प्रहार गर्दा अगाडीको सिसा फुटेर क्षति भएको छ । यसैगरी बन्द सफल पारौ भन्दै माईकिङ गर्ने, पर्चा टाँस्ने र मसाल बाल्न खोज्ने झापामा ८ जना, सिन्धुलीमा १९ जना, बर्दियामा २ जना, बाँकेमा १ जना, काभ्रेमा १ जना र चितवनमा २ जना गरी ३३ जनालाई समेत बुधबार प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण