सोनाक्षी सिंहालाई नचाएर उठेको मध्येको १४ लाख धुर्मुस सुन्तलीलाई
बिहीबार, २७ जेठ २०७३, १३ : ४०
काठमाडौं, जेठ २७–सैनिक श्रीमति संघ (नेपाली सेना) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि १४ लाख रुपैँया हस्तान्तरण गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
भूकम्प पिडितका लागि हाँस्यकलाकारको जोडीले एकिकृत नमुना बस्ती नै निर्माण गरिरहेकाले १४ लाख रुपैँया प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षत्रीले बताएकी छिन् ।
केहि समय अघि एक कार्यक्रम गरी संकलन भएको रकम धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकमधुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ ।
संघबाट प्राप्तउक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताएका छन् ।
फाउन्डेसनले अहिलेसम्म बस्ती निर्माणका लागि लाग्ने ५ करोडम्धये २ करोड रुपैँया जम्मा भएका जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण