बनेपाबाट दश माओवादी कार्यकर्ता गिरफ्तार
बनेपा– नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज बनेपाबाट प्रहरीले १० जनालाई गिरफ्तार गरेको छ ।
बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जनालाई बनेपाको चारदोबाटोबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइ्रले जानकारी दिए ।
पक्राउ पर्नेमा सुन्तली लामा, लाल बहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आस्मान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र बुद तामाङ रहेका छन । उनीहरु अधिकांश जिल्ला तथा नगर स्तरका कार्यकर्ता हुन् ।
प्रहरीले बुधवार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनि पनौतीका अनिल रायमाझीलाई गिरफ्तार गरेको थियो ।
यसैबीच आज भएको बन्दको प्रभाव बनेपा र आसपासका क्षेत्रमा देखिएको छ । बन्दका कारण सवारी साधन सञ्चालनमा नआएपनि फाटफूट रुपमा केही पसल खुलेका छन । चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण