रोकिएका सात सय गाडी स्कर्टिङ गरेर पठाइयो
चितवन– विप्लव माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा चितवनमा रोकिएका सात सयभन्दा बढी गाडीलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ ।
चितवनका प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले रोकिएका गाडीलाई जिल्लाबाट विभिन्न क्षेत्रको गन्तव्यमा पठाइएको र अहिले जिल्लामा कुनै पनि गाडी नरहेको जानकारी दिनुभयो । सो क्रममा बिहान चितवनको खैरहनीमा दुई वटा बस र गणेशस्थान नजिकै एउटा बसमा बन्दकर्ताले तोडफोड गरेका छन् ।
मे१ख २२२२, ना५ख १८२९ र ना५ख ६३८८ नंको बसमा तोडफोड हुँदा गाडीका सिसा फुटेको उहाँले बताउनुभयो । सो क्रममा बन्द गर्ने र गाडीमा ढुङ्गाहान्ने छ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।
पक्राउ पर्नेमा हिजो साँझ मसाल जुलुस निकाल्ने तीन जना छन्, माडीबाट एक जना तथा भरतपुरबाट दुई जना रहेको प्रहरीले जनाएको छ ।
बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ भने सवारी साधन यथेष्ट रुपमा चल्न सकेका छैनन् । पसल तथा उद्योग कलकारखानामा आंशिक प्रभाव परेको छ । बन्दमा मोटरसाइकल र रिक्सा भने चलेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण