मृत भेटिएकी महिलाको हत्या आशङ्का
शनिबार, २९ जेठ २०७३, २२ : ४९
ताप्लेजुङ - ताप्लेजुङको हाङ्पाङ गाविसमा शुक्रबार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी रुपा आङ्बुहाङको हत्या भएको हुनसक्ने भन्दै उनका श्रीमान् र स्थानीयले गम्भीर अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेका छन् ।
पैँतीस वर्षीया आङ्बुहाङको शरीरभरि चोटपटक देखिनुका साथै कपडासमेत च्यातिएको अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्ने रुपाका श्रीमान् रतनकुमार आङ्बुहाङले बताउनुभएको छ ।
जिल्ला अस्पतालमा आज शव परीक्षणपछि शव बुझ्दै रतनले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्दै घरमा कोही नभएको मौका छोपेर कसैले हत्या गरेको हुनसक्ने भएकाले घटनाको गम्भीर अनुसन्धान गरिदिन आग्रह गर्नुभयो ।
इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवी फागोले घटना शङ्कास्पद भएको बताउनुभएको छ । फागोले भन्नुभयो, “हाम्रो टोली पुग्दा रुपाकोे शव बाहिर आँगनमा थियो, नाबालक दुई छोराले झुन्डिएको अवस्थामा फेला पारेपछि पासो खोलेर घिसार्दै बाहिर पु¥याएको बयान दिएका थिए तर घटनालाई गम्भीररुपले अनुसन्धान गरिरहेका छौँ ।”
रुपाका दुई छोराले आमालाई झुन्डिएको ठाउँबाट आफूहरुले झारेको बयान प्रहरीलाई दिएको जनाइएको छ । घटनाको सूक्ष्मरुपले अनुसन्धान भइरहेको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीको भनाइ छ ।
प्रनाउ केसीकाअनुसार अनुसन्धानका लागि रुपाका छोरालाई जिल्ला प्रहरी कार्यालयमा ल्याउने तयारी भएको छ । चाँडै घटनाको यथार्थता पत्ता लाग्ने भन्दै केसीले कसैले अपराध गरेको भए नछिप्ने बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण