सरकार नै फेर्ने तयारी भइरहँदा के को मन्त्री फेर्ने ? : प्रवक्ता भुसाल
भक्तपुर - नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सरकार फेर्ने तयारी भइरहेको अहिलेको अवस्थामा माओवादी मन्त्रीहरुको परिर्वतनको हल्ला मात्र भएको दाबी गरेकी छिन् ।
रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षतकार कार्यक्रममा भुसालले भनिन् ‘हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता होइन बरु नेकपा माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माणको गहृकार्य हुदैछ’ ।
‘मधेश अन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई राष्ट्रिय सरकारमा सामेल गर्नुपर्दछ,’ प्रवक्ता भुसालले थनिन् ।
फरक प्रशंगमा उनले विभिन्न फुटबाट एक जुट भएको माओबादी केन्द्रमा ढिला चाँडै भए पनि किरण, बाबुराम, बिप्लब लगायताका नेताहरु एकता गर्न आउने विश्वाससमेत व्यक्त गरेकी छिन् ।
‘आफ्नो पहिचान देखाउने गरिने बाबुरामले शक्ति प्रदर्शन गर्नु कुनै नौलो कुरा होइन्,’ उनले भनिन् ।
माओबादीलाई चट्कै छाडेर जानुको साट्टा माआवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुने नेता भुसालको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
-
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
-
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण