ट्रयाक्टरद्वारा मोटरसाइकललाई ठक्कर, घाइतेको उपचारको क्रममा मृत्यु
आइतबार, ३० जेठ २०७३, ०८ : ४९
दाङ – तुलसीपुर–घोराही सडक खण्डको हात्तीखौवा नजिक आज बिहान भएको दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक तुलसीपुर–६ मोतीपुर निवासी १९ वर्षीय विदुर भण्डारीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उक्त दुर्घटनामा परी मोटरसाइकलमा सवार मोतीपुरकै २२ वर्षीय निमबहादुर दमार्इं र २४ वर्षीय डम्मर दमाईंको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा।१ त १४१० नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ३९ प ७२३१ नंको मोटरसाइकलाई आज बिहान ९ बजेतिर ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएकामा चालक भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण