गोपीकृष्ण पंगेनीको रोइला बजारमा (भिडियोसहित)
युएई–युएईमा रोजगारीको शिलशिलामा रहेर पनि नेपाली गीत/संगितमा निरन्तर क्रियाशिल लोक तथा दोहोरी गायक गोपीकृष्ण पंगेनीको ‘मायाले मन बराल्छ’ बोलको रोइला गीत बजारमा आएको छ ।
चर्चित सर्जक एकनारायण भण्डारीको शब्द र लय रहेको ‘मायाले मन बराल्छ’ गीतलाई सितारा म्यूजिक प्रालीले बजारमा ल्याएको हो । गीतमा गायक गोपी कृष्ण पंगेनीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन् । शंकर विसीको निर्देशन तथा शंकर विसी र अञ्जली अधिकारीको अभिनय रहेको उक्त गीतको भिडीयो सम्पादन नविन घर्तीले गरेका हुन ।
सानै उमेरदेखि पढाइभन्दा पनि गीत र संगीतमा रमाउने उनले नेपालमा विभिन्न कार्यक्रमहरुमा गीतहरु गाउने गर्थे । युएई आएपछि परदेशीको व्यथा र समस्याहरुलाई समेटेर ‘म त परदेशी’ गीतले सन्तोष दिएको उनले बताए ।
युएईमा गीत संगीतको यात्रा संगै उनी समाजिक क्रियाकलापमा पनि संलग्न छन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको महासचिव रहेका उनी गैर–आवासिय नेपाली संघ युएईको साँस्कृतिक विभाग संयोजक पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
-
२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
-
पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध
-
के हात्तीले वर्षौँसम्म रिस राख्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण