प्रेममा धोका दिएको भन्दै पुरुषमाथि एसिड प्रहार
इस्लामाबाद – पाकिस्तानमा एक महिलालाई पुरुषमाथि एसिड फालेको आरोपमा पक्राउ गरिएको छ ।
प्रहरी अधिकारीहरुका अनुसार एसिड प्रहार गर्ने मोमेल माई र पीडित सदाकत अलीबीच लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । तर सदाकल अलीले उनीसँग बिहे गर्न अस्विकार गरे । त्यसैको रिसमा उनले एसिड प्रहार गरिन् ।
तर मईले आफ्नो सुरक्षाका लागि एसिड प्रहार गर्नुपरेको दाबी गरेकी छिन् । एसिड प्रहारबाट घाइते भएका अलीको शरीरका ५० प्रतिशत भाग डढेका छन् । उनको मुल्तानस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
पाकिस्तानमा प्रत्येक वर्ष सयौँ एसिड आक्रमणका घटनाहरु घट्छन् । तर पूरुषमाथि महिलाले एसिड प्रहार गरेका घटना भने दुर्लभ रुपमा सुनिन्छन् ।
आक्रमणकारी माइले अलीमाथि बिहिबार बिहान एसिड फालेको बताइएको छ । आक्रमणका बेला माइकै अपार्टमेन्टमा रहेको बाथरुममा पिडित सदाकल नुहाउँदै थिए । माइले एसिड फाल्दा सदाकलकोे शरीरका पछाडीका भागमा मात्रै लागेकाले उनको अनुहारमा भने क्षति पुगेको छैन् । प्रहरीका अनुसार अली र माइ दुबै विवाहित हुन् । तर उनीहरु पछिल्ला धेरै वर्षदेखि सम्बन्धमा थिए । माइले आफ्ना श्रीमान्सँग सम्बन्ध विच्छेद गर्दै अलीसँग बिहे गर्न चाहेकी थिइन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार एसिड आक्रमणमा प्राय ८० प्रतिशतजसो महिलाहरु पिडित हुन्छन् । दक्षिण एशियामा सहजै रुपमा एसिडको बिक्री वितरण हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण