महिला पुरुषको सहकार्यले समाजको विकास हुने : मन्त्री शर्मा
काठमाडौँ– सामान्य प्रशासनमन्त्री रेखा शर्माले सफल जीवनका लागि महिला पुरुषबीच सहकार्य आवश्यक भएको बताएका छन् ।
आज यहाँ साइसा ब्युटि एन्ड हेल्थ केयर होमको बीसौँ वार्षिकोत्सवमा बोल्दै उनले महिला वा पुरुष अलग राखी समाज र देशको विकासको कल्पना गर्न नसकिने उल्लेख गरे ।
उनले भने– “नेपालमा राष्ट्र प्रमुखदेखि राज्यका उच्च तहमा महिला हुनुले विश्वमा हामी गर्व गर्न लायक छौँ । पुरुषको सहयोगबिना यी उपलब्धि सम्भव थिएन ।”
नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले महिलाको सम्मानले मात्र घर र कार्यरत संस्थामा रहेका महिलालाई कार्य गर्ने सकारात्मक वातावरण सिर्जना हुने बताए ।
लोकगायिका कोमल वलीले महिलालाई सम्मान गर्ने परम्पराबाट मात्र सामाजिक परिवर्तन सम्भव हुने विचार राखे ।
साइसा ब्युटि एन्ड हेल्थ केयर होमका सञ्चालक सीता पाठकले महिलाको सुन्दरता स्वास्थ्यसँग पनि जोडिएकाले अहिलेको व्यस्त जीवनमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु चुनौती भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण