अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण
काठमाडौँ–भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ ।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए । थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
धादिङमा मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार, रसुवामा मन्त्रालयले चार र सेनाले दुई , सिन्धुपाल्चोकमा मन्त्रालय र सेना दुवैले चार चार , काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई , दोलखामा मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन, सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई , गोरखामा सेनाले पाँचसामूहिक आवास निर्माण गर्ने कार्यक्रम सुरु भएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र माग अनुसार सामूहिक आवास निर्माण अघि बढेको हो । सामूहिक आवास भवनलाई पछि आवश्यकतानुसार सामुदायिक काममा पनि प्रयोग गरिने सहप्रवक्ता भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण