लाग्यो असारः 'काम गर्ने युवा भएनन् कसरी खेती चलाउने ?'
शनिबार, ०४ असार २०७३, १४ : ५७
भक्तपुर – असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । समयमा नै वर्षात् भएकाले यो वर्ष भक्तपुरका किसानहरुलाई राहत महशुस भएको छ । असारको पहिलो सातामै उल्लेख्य वर्षा भएकाले भक्तपुरका धेरै किसानले रोपाई सकिसकेका छन् । तर धान रोप्ने समयमा काम गर्ने खेताला नहुदाँ धेरै किसानलाई अहिले निकै समस्या परेको छ । कामको खोजीमा दैनिक १ हजार हाराहारीमा युवाहरु विदेशीने क्रम बढेसंगै बजार र काठ क्षेत्र तिर काम गर्ने जनशक्तिको समेत अभाव हुन थालेको हो । ‘समय मै पानी परेर धान रोप्न सजिलो भयो तर के गर्नु काम गर्ने मान्छे नै भएनन्’, भक्तपुर नगरपाली वडा नं. ४ का किसान पुरुषोत्तम प्रजापतीले भने । रोपाईँको लागि लाँठे र रोपार चाहिने तर काम गर्ने कोही नभएको भक्तपुर नगरपालीका वडा नं. १ का किसान श्याम कोजुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण