भरतपुर क्यान्सर अस्पतालमा बिरामीलाई सेवा भन्दा दुःख बढी
चितवन–चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल दिनानुदिन धरासयी बन्दै गएको छ । आन्तरिक राजनीतिमा फसेको अस्पतालमा डा प्रकाशराज न्यौपाने अध्यक्ष बनेर आएपछि थप धरासयी बन्दै गएको क्यान्सर अस्पताल बचाउ अभियानका संयोजक बाबुराम अधिकारीले आरोप लगाए । पछिलो केहि महिना यता अस्पतालको मुख्य डिपार्ट रेडियोडायग्नोसिस तथा ईमेजिङ बिभागका महत्वपूर्ण अधिकांस उपकरण सञ्चालन हुन छाडेपछि अस्पताल रिफरल सेन्टरको रुपमा बिकास भएको उनको दाबी छ । रेडियोडायग्नोसिस बिभागमा रहेका सिटि स्क्यान, एमआरआई लगायत रेडिएसन मेसिनहरु बिग्रीएको भन्दै अस्पतालले बिरामी बाहिर अस्पतालमा रिफर गरेको बिरामीका आफन्तहरुले बताएका छन् । अस्पतालले सिटि स्क्यान, एम आर आईका लागि भरतपुरका अन्य निजि केहि अस्पताल र रेडिएसनको लागी भक्तपुर क्यान्सर अस्पतालमा पठाउने गरेको धनुषाका सञ्जीव धानुकले बताए । आमा बिलाटुना देबी धानुकको पाठेघरको क्यान्सरको अप्रेसनका लागी गत बैशाख १६ गते क्यान्सर अस्पतालमा आएको बताउने उनले उपचारमा भन्दा पनि दौडधुपमा पैसा सकिएको जानकारी दिए । त्यस्तै सुदुर पश्चिम बैतडीका बिरबहादुर बोहराले क्यान्सर अस्पतालले उपचार भन्दा पनि बढि दुःख र मानसिक तनाव दिएको बताएका छन् । आफुलाई पनि अस्पतालले भक्तपुर क्यान्सर अस्पताल रिफर गरेको उनले बताए । आमा कलावती बोहरालाई ब्रेन ट्युमरको उपचारका लागि गत फागुनमा अस्पतालमा भर्ना गरेका उनले क्यान्सर अस्पतालबाट उपचार भन्दा पनि दःुख धेरै पाएको दुखेसो गरे । अस्पतालका डाक्टर रञ्जनभक्त भण्डारीले आमाको उपचार गर्न नसकिने भन्दै कहिले भारत लैजाउ कहिले काठमाण्डौ लैजाउ भनेर आफुमाथी मानसिक यातना दिने काम गरेको उनको आरोप छ । त्यस्तै कन्चनपुरकी लाछुुदेवी एैरलाई पनि अस्पतालले सुक्रबारै भक्तपुर क्यान्सर अस्पताल रिफर गरेको छ । डाक्टर प्रदिप न्यौपानेले बिरामीको पाठेघरको भित्रि सेकाईको लागी प्रयोगहुने मेसिन बिग्रिएको भन्दै भक्तपुर क्यान्सर अस्पताल रिफर गरेका हुन् । पछिल्लो केहि दिन यता भरतपुर क्यान्सर अस्पतालले दैनिक १० भन्दा बढि बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको छ । अहिले दैनिक क्यान्सर अस्पतालको बिपन्न बिरामी सहायता सम्पर्क केन्द्रमा रिफरको सिफारीस लिन आउनेहरुको भिड बढेको त्यहा कार्यरत कर्मचारीे जंगबहादुर तामाङ बताउछन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दा बिरामीले भरतपुरमा भन्दा दुई गुणा महंगो शुल्क तिर्नु पर्ने बताइन्छ । अस्पतालको लापरबाही र डाक्टरको कमिसनको खेलका कारण बिरामीले धेरै दःुख पाएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । क्यान्सर अस्पतालमा ३ वटा रेडिएसनका मेसिनहरु रहेका छन् । लिनेक २३सय, लिनेक६०० र ब्राकियोथेरापी मेसिन नचलेको भन्दै अस्पतालले बाहिर रिफर गरेको अस्पताल स्रोतले बताएको छ । अस्पताल प्रशासन र त्यहा कार्यरत प्राबिधिक कर्मचारीको मिलेमतोमा मेसिन बिग्रीएको नाममा नयाँ खरिद गरि कमिसन खाने योजना रचेकाले मेसिनको समयमै मर्मत नहुदा बिरामीले दुख पाएको अस्पताल स्रोत बताउँछ । त्यस्तै चीन सरकारको सहयोगमा प्राप्त सिटि स्क्यान र एम आर आई लगायत ल्यावका अन्य महत्वपुर्ण मेसिन पनि अस्पतालले सञ्चालन नगरेको बिरामीहरुले बताएका छन् । बिगत केहि महिना अगाडी मात्रै जडान भएका उपकरण सञ्चालन नहुनु र बिरामीलाई निजि धमाधम अस्पतालमा पठाइनु कमिसनको खेल बाहेक अरु केहि नभएको बिरामीका अफन्तहरुले बताएका छन् । रेडियोडायग्नोसिस बिभागका प्राविधिक अनिल पण्डित र अशोक साहले अस्पताल प्रशासनसंगको मिलेमतोमा नयाँ मेसिनको तार तानेर बिगार्ने र चल्ने उपकरण लाई नचल्ने भन्दै हल्ला फिजाएको अस्पतालका एक कर्मचारीले बताए ।
यस्तै रेडियो डायग्नोसिस बिभागका प्रमुख एवं पुर्व कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिहंले समेत युपिएस जडान नगरी सिटि स्क्यान मेसिन सञ्चालन गर्न नसकिने भन्दै अस्पतालमा आएका बिरामीहरुलाई निजिमा जान बाध्य बनाएका छन् । अस्पतालका उप निर्देशक डा.देजकुमार गौतममाथि पनि त्यस्तै आरोप छ । उनको चितवन अस्पतालमा लगानी रहेकाले क्यान्सर अस्पतालका उपकरण मर्मत सम्भारमा चासो नदिएर बिग्रिएको बहानामा निजि लगानीका अस्पताल पठाउने धन्दा गरेकोे कर्मचारी तथा स्थानीय बताउँछन् । प्रशासनले अस्पतालका दलालहरु तथा निजि धाउने डाक्टरलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएपछी केहि समस्या हल भएपनि आन्तरिक समस्या भने झन् बढ्दै गएको अस्पताल बचाउ अभियानका सदस्य बिमल पौडेलले बताए । यसैबिच क्यान्सर अस्पतालमा नक्कली प्रमाणपत्र प्रयोग गरि जागिर खाने कर्मचारीहरु रहेको स्रोतले बताएको छ । त्यस्तै अस्पतालले क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–स्क्यान) मेसिन खरिदमा पनि कमिसन खाने खेल खेलेको बताईएको छ । १३ करोड पर्ने मेसिनलाइ करिव ४८ करोडमा सप्लायर्स बिशाल पण्डित मार्फत खरिद गर्ने भनि प्रक्रिया अगाडी बढेको स्रोतको दावी छ । अस्पतालका अध्यक्ष डा. प्रकाश राज न्यौपाने , निर्देशक डा. चिन बहादुर पुन, उप निर्देशक डा.देज कुमार गौतम,कानुन अधिकृत गोकर्ण सापकोटा र प्रशासकिय अधिकृत गृहीनारायण महतो लगायतको मिलेमतोमा करोडौ रकम कमिसन खाने खेल भएको बताईएको छ । यो बिषयमा अस्पतालका निर्देशक डा चीन बहादुर पुनसँग बुझदा अत्याधुनिक भएकाले मेसिन केहि महंगो परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण