युरोकप : बेल्जियमले आयरल्याण्डलाई हरायो
शनिबार, ०४ असार २०७३, २१ : ५४
काठमाडौं –युरोकप फुटबलमा बेल्जियमले आयरल्याण्डलाई हराएको छ ।
शनिबार साँझ भएको खेलमा बेल्जियमले आयरल्याण्डलाई ३–० ले हराएको हो । जितसँगै बेल्जियमले नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
बेल्जियमले समुह चरणको अन्तिम खेल स्वीडेनसँग खेल्ने छ ।
बेल्जियम र आयरल्याण्डबीचको खेलमा ४८ औं मिनेटमा बेल्जियमका रुमेलु लुकाकुले पहिलो गोल गरे । यस्तै ६१ औं मिनेटमा एलेक्स विटसेल र ७० औं मिनेटमा लुकालुले नै अर्को गोल थपे ।
हारसँगै आयरल्याण्डको नकटआउट चरणमा पुग्ने सम्भावना कठीन बनेको छ । समुह चरणको पहिलो खेलमा आयरल्याण्डले स्वीडेनसँग बराबरी खेलेको थियो ।
यस्तै बेल्जियम भने समुह चरणको पहिलो खेलमा इटलीसँग २–० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण