‘मिसेस साउथ एसिया क्यानडा’ मा नेपाली अनुहार
आइतबार, ०५ असार २०७३, १० : २६
क्यानडा - झन्डै एक दशक देखी क्यानडा रहदै आएकी नेपाली चेली सारा मकुची ‘खनाल ‘ यतिबेला एक ‘ब्युटी प्रिजिएन्ट’ प्रतियोगिताको तयारीमा जुटिरहेकी छिन् । रागा मोडल एण्ड रागा प्रोडक्सनले गर्न लागेको ‘मिसेस साउथ एसिया क्यानडा’ मा सहभागी हुन लागेकी सारा यो प्रतियोगिता टाइटल जित्ने सपना सहित आफ्नो तयारीमा ब्यस्त छिन् ।
साउथ एसियाका महिला मात्रा सहभागी हुन पाउने यस प्रतियोगितामा नेपालीको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउने छिन् । यो सौन्दर्य प्रतियोगिता भएपनी साउथ एसिएन कल्चर, सिग्निफिकेन्ट हेरिटेज लगायतका बिषयमा समेत सहभागीहरुलाई प्रश्न सोधिने छ प्रतियोगीको क्षमता,आत्मविश्वास,ब्यक्तित् वका आधारमा बिजेता छानिने छ ।
जुलाई २३ मा क्यानडाको ब्राम्टोनस्थित रोज थियटरमा हुने यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै साराले आफ्नो उपस्थिती जनाउनु नेपाल र नेपालीको लागि गौरव बिषय बनेको छ । यो अबसरलाई सफलतामा बदल्दै प्रतियोगिता आफु बिजय हुने आशा सहित फाइनल चरणको तयारीमा जुटिरहेको सारा बताउछिन् ।यस प्रतियोगितामा उत्कृष्ठ महत्वपूर्ण अवार्ड ‘पिपुल्स च्वाईस अवार्ड’ पनि राखिएको छ यो अवार्डमा जिताउनका लागि फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकमा गई यो लिन्कमा https://www.facebook.com/ Shara-Micucci-For-Mrs-South- Asia-Canada-2016- 786830254781592/?fref=photo लाइक गरी सहयोग पुर्याउन साराले आग्रह गरेकी छिन् ।
१० बर्ष अगाडी पढाईको शिलशिलामा क्यानडा आएकी सारा एक सफल ब्यिटिसियन ब्यबसायी पनि हुन् उनको क्यानडामा आफ्नै ब्यवसाय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण