राष्ट्रिय किसान सञ्जालको नेतृत्व परिवर्तन
काठमाडौं– किसानको हकहित र समस्याहरुलाई साझा मुद्धा बनाएर एकीकृत शक्ति निर्माण गरेको राष्ट्रिय किसान सञ्जालको लामो समयपछि नेतृत्व हस्तान्तरण भएको छ । एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमको नेतृत्वमा रहेको किसान सञ्जालको नेतृत्व लामो समयको प्रयासपछि शुक्रवार हस्तान्तरण भएको हो । राष्ट्रिय किसान सञ्जालको शुक्रवार काठमाडौमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका भातृ संगठन अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का अध्यक्ष चित्रबहादुर श्रेष्ठलाई नेतृत्व हस्तान्तरण गर्दै सञ्जालको नयाँ संयोजक बनाएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) का सचिव नहेन्द्र खड्काले जानकारी दिए । २०५९ सालमा गठन भएको राष्ट्रिय किसान सञ्जाल तत्कालिन एमाओवादी शान्ति प्रकृयामा आएपछि २०६२ सालमा पुर्नगठित भएको सञ्जालमा अब पालै पालो नेतृत्व हस्तान्तरण गर्ने दलीय किसान संघ संगठनबीच सहमति समेत भएको नेपाली काँग्रेसको भतृ संगठन नेपाल किसान संघका केन्द्रिय सदस्य गणेश तिम्लिसनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण