प्रचण्डपुत्रीले भनिन्–पार्टी विधि र प्रक्रियागत रुपमा अघि बढेन
इटहरी – पार्टी एकीकरणपछि बनेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) छनौट गर्ने विषयमा पार्टी विधि र प्रक्रियागत रुपमा अघि नबढेको प्रचण्ड पुत्री रेणु दाहालले आरोप लगाएकी छिन् । नेकपा माओवादी (केन्द्र) भित्रको असन्तुलित केन्द्रीय समिति छनौटमा अनाबश्यक होडबाजी र अस्वस्थ्य प्रतिस्पर्धा देखिएको दाहालले बताईन ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को १ नम्बर प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन इटहरी आएकी दाहालले रातोपाटीसँग भनिन्, ‘ केन्द्रमा नेताहरुलाई मन परेको व्यक्ति ल्याउने काम भएको छ, जिल्लाबाट सिफारिस भएका मान्छे कहाँ मनोनित भए ?’ दाहालले भनिन, ‘यो परिपाटी गलत हो ।’
पार्टीमा कस्ता व्यक्ति आएर तपाई असन्तुष्टि हुनु भएको हो ? भन्ने प्रश्नमा दाहालले भनिन् ‘पात्रको बिषयमा नजाँउ, मैले बिधीको कुरा उठाएको हुँ ।’ अब पार्टीलाई सिस्टममा चलाउन सक्नु पर्नेमा दाहालको जोड छ ।
प्रचण्ड बुबा भएपनि एउटा सामान्य पार्टी कार्यकर्ताको हैसियत र अधिकारले पनि आफुले आवाज उठाएको दाहालको भनाई छ । उनले भनिन, ‘यो कार्यले बुवालाई सहयोग पुग्ने छ ।’
पार्टी भित्र देखिएको पछिल्लो घटनाक्रमले पार्टी कार्याकर्तामा निराशापन र हिनताबोध बढेको समेत उनले बताइन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महासचिव समेत रहेकी रेणु दाहालले केही दिन अघि फेसबुकमा स्ट्याटस लेख्दै ‘असन्तुलित केन्द्रीय समिति’ मा आफुलाई नराख्न आग्रह समेत गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण