अनाथालयमा हिमालयन बैंकको सहयोग
आइतबार, ०५ असार २०७३, १४ : २९
काठमाडौं–हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानीलकण्ठ–६, टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । यस अन्तर्गत बैंकले उक्त बाल सुधार संघमा रहेका चौंतीस जना वाल वालिकाहरुलाई खाद्य–सामग्रीहरु (चामल, दाल, चिनी, तेल, नुन, बिस्कुट, गेडागुडीहरु) तथा पकाउने र खाने भाँडाकुँडाहरु (डेक्ची, पे्रसर कुकर, थाल, कचौरा, गिलास, चम्चा) सहयोग गरेको छ ।
देशका विभिन्न स्थानका अनाथ तथा असहाय वालवालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण