कान्तिपुर मेडिकल कलेजका मालिक नै नक्कली डाक्टर !
आइतबार, ०५ असार २०७३, १६ : ३१
काठमाडौं–कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटल सामाखुसीका डाक्टर समेत नक्कली आरोपमा समातिएका छन् । पक्राउ परेका बुद्धिमान श्रेष्ठ अस्पतालका मालिक समेत रहेको बताइएको छ । स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्दै आएका उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले’ चलाएको अपरेसनको क्रममा समातिएका हुन् । सीआईबीले देशभर चलाएको अपरेशनका क्रममा उनीसहित ३६ नक्कली डाक्टर पक्राउ परेका छन् । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन ‘क्वाक’ अन्तर्गत ठूलो संख्यामा नक्कली डाक्टरहरु पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण