छिमेकीको कुटपिटबाट महिलाको मृत्यु
राजविराज–सप्तरीको लालापट्टी गाविस–७ मा छिमेकीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट गम्भिर घाइतेकी ७० वर्षकी सावित्री देवी खंगको आइतवार उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सावित्रीलाई छिमेकी ५० वर्षको धनिकलाल खंग, निजको ३५ वर्षकी श्रमति कमली खंग र निजकै ३० वर्षको छोरा पञ्चदेव खंगले कुटपिट गर्दा मृत्यु भएको हो । कुटपिटबाट गम्भिर घाइते भएकी सावित्रीको उपचारको क्रममा राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा मृत्यु भएको हो । कुटपिटकै क्रममा मृतकको वुहारी सञ्जु देवी समेत घाइते भएकाले उनको उपचार अञ्चल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ । सावित्रीको शव अञ्चल अस्पतालको शव गृहमै रहेको र कुटपिट गर्ने मानिस फरार रहेकोले खोज तलाश भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै, जिल्लाको हर्दिया गाविस–५ मा एक युवकले आइतवार दिउँसो झुण्डिएर आत्महत्या गरेका छन् । भक्तबहादुर वुर्जा मगरको ३३ वर्षको छोरा प्रेमबहादुर वुर्जा मगरले आफ्नै घर नजिकै रहेको आपको रुखमा झुण्डिर आत्महत्या गरेको हो । आत्महत्याको कारण खुल्न नसकेको र प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण