साना सवारीसाधनको भाडादर मनपरि, यात्रु मारमा
उदयपुर–उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले यात्रुबाट मनपरि सवारी भाडादर लिने गरेको कारण यात्रु मारमा परेको गुनासो व्यापक बढ्दै जान थालेको छ ।
कटारी बजारदेखि घुर्मी, रुपाटार, ओख्लेसम्म क्षेत्रको सवारी भाडादर रु ३५० देखि ४०० सम्म निर्धारण भएको तर, सवारी सञ्चालकले यात्रुअनुसार मनपरि भाडा लिने गरेको यात्रु बताउँछन् ।
रुपाटारकाका स्थानीय मोहन राउतका अनुसार कटारीदेखि रुपाटार ओख्लेसम्मको यात्राको लागि अहिले एक सवारीसाधनले प्रति यात्रु रु ५५० देखि ७०० सम्म भाडा लिने गरेका छन् ।
साना यातायातका साधन जिप तथा सुमोको यातायात सङ्घको निर्णयअनुसार रु ४०० सम्म भाडादर लिन सक्ने भए तापनि सवारी चालकले बढी महँगो भाडा लिएर यात्रु ठग्ने गरेको ओख्ले–७ का भुपेन्द्र राई बताउँछन् ।
यस क्षेत्रमा साना सवारीका साधनमा भाडादर अनुगमन गर्ने निकाय नहुँदा र सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु बढी मारमा पर्नुपरेको रुपाटरकै अर्का स्थानीय पदम खड्का बताउँछन् ।
तर कटारी बेतेनी, रुपाटारसम्मका एक जिप सञ्चालक होमबहादुर मगर भने आफूहरूले समयअनुसार सवारी भाडा बढाउन बाध्य भएको बताउँछन् ।
साना सवारीका साधन यातायात व्यवसायी सङ्घको समेत निश्चित सवारी भाडादर निर्धारण गरेको भए तापनि यस्ता भाडादर बाहिर देखाउनको लागिमात्र निर्धारण भएको सवारी सञ्चालक नै बताउँछन् ।
एकातिर एउटा सवारी भाडादर निर्धारण गर्ने र अर्कातिर यात्रुबाट महँगो भाडा लिने कार्य बढ्दै गए पनि सम्बन्धित निकायको यसतर्फ उचित ध्यान नगएको यात्रुको गुनासो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण