परराष्ट्रले भन्यो– काबुल विष्फोटमा नेपाली परेकोबारे हामीलाई पनि सूचना छ, पुष्टि गर्ने प्रयासमा छौं’
काठमाडौं– परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा नेपाली परेको सूचना प्राप्त भएको भन्दै यसबारे आधिकारिक रुपमा पुष्टि गर्ने प्रयास भइरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले नेपाली परेको बारे आफूहरुकहाँ सूचना आएको भन्दै त्यसको पुष्टिका लागि मन्त्रालय पाकिस्तानस्थित नेपाली दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने काम भइरहेको बताए । ‘घटनामा नेपाली परेको सुचना आएको छ, कति नेपाली परे भन्नेबारे अहिले नै भन्न सक्ने अवस्था छैन’ अफगानिस्तानमा नेपाली दूताबास नभएकाले पाकिस्तानस्थित दूताबास र अन्य च्यानलको माध्यमबाट बुझ्ने प्रयास भइरहेको छ ।’ उनले घटनाबारे सत्यतथ्य जानकारी प्राप्त हुनासाथ जानकारी उपलब्ध गराइँदै जाने उनले बताए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलेसोमबार बिहान भएको उक्त आत्मघाती बम विस्फोटमा नेपाली सुरक्षा गार्डहरु परेको जनाएको छ । विभिन्न रिपोर्टमा बसमा १३ जना नेपाली सुरक्षा गार्ड रहेको बताइएको छ । यद्यपि, एएफपीले भने यो संख्या १४ रहेको उल्लेख गरेको छ । स्थानीय समय अनुसार बिहान ५ बजे आतंकवादीहरुले काबुलको पुल–ए–चार्खिल क्षेत्रमा एउटा अन्तर्राष्ट्रिय संस्थाको बसमा विस्फोट गराएका थिए । भवाइस अफ अमेरिकाले भने अफगानिस्तानको गृहमन्त्रलायलाई उद्धृत गर्दै मारिने नेपाली गार्ड रहेको उल्लेख गरेको छ । समाचारमा आत्मघाती आक्रमणकारी बसको छेउमा हिँडेर पुगेर बम विस्फोट गराएका थिए । यता, बिबिसीले बस बिस्फोटमा मारिनेको संख्या १४ रहेको र बसमा नेपाली सुरक्षा गार्डहरु रहेको बताएको छ । समाचारमा तालिवानले घटनाको जिम्मेवारी लिएको बताइएको छ । गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्धकीलाई उद्धृत गर्दै भनिएको छ, ‘विदेशी गार्ड रहेको मिनीबसमा आत्मघाती आक्रमणकारीले बस विस्फोट गराएका छन् । हामी मृतकको पहिचान गर्दैछौं ।’ उनले घटनामा ८ जना घाइते भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण